PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

चलचित्र स्वर्णिम महोत्सवमा गोविन्दाको गायनदेखि नृत्यसम्म



राधेश्याम पटेल

चलचित्र स्वर्णिम महोत्सवमा गोविन्दाको गायनदेखि नृत्यसम्म

वीरगंज : वीरगंजमा जारी नेपाली चलचित्र स्वर्णिम महोत्सवमा बिहीवार राति बलिउड स्टार गोविन्दाले बेजोड प्रस्तुति दिएका छन्। सवा ८ बजे मञ्चमा चढेका गोविन्दाले करिव २५ मिनेट आफ्नो गायन र नृत्यको जादुबाट दर्शकहरुलाई बाँधेर राखे।

शुरुमा नेपाली सिनेमा र नेपाली दर्शकको माया प्रेम तथा आफनो पत्नी सुनिताको माइत नेपाल भएकोले आफु ससुराली आएको चर्चा गर्दै हसाएका गोविन्दाले आफनो चर्चित फिल्महरुको गीत गाएका थिए। उनको प्रस्तुति शुरु हुन लाग्दा मञ्च नजिक हजारौंको भीड लागिसकेको थियो। सुरक्षा अवस्था अस्तव्यस्त बने तापनि कुनै अप्रिय घटना भने भएन।

'अगनामे बाबा दुआरेपे मा', 'सरकाइले खटिया जाडा लगे', 'लाल दुपटावाली अपना नाम त बता', 'एक दुसरेसे करते है प्यार हम' जस्ता कर्णप्रिय गीत गाएर मन्त्रमुग्ध बनाएका गोविन्दाले पार्टनर फिल्मको गीत 'डु यु वान बी माई पार्टनर', 'सोनीके नखरे', 'सुन ससुरजी' जस्ता गीतमा धमाकेदार नृत्य प्रस्तुत गरेका थिए।

उनीसँगै गोविन्दा पत्नी सुनिता अहुजा, नेपाली कलाकार दिपकराज गिरी, निर्माता अकाशा अधिकारी, दिपाश्री निरौलालगायत पनि नृत्यमा साथ दिएका थिए। उनले आफूलाई पटकपटक नेपाल आउन मनलाग्ने र वीरगंजका दर्शक तथा आयोजकलाई समेत धन्यावाद दिँदै मञ्चबाट बिदा लिए। गोविन्दा आजै मुम्बई जाने कार्यक्रम रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell