PahiloPost

May 16, 2025 | ३ जेठ २०८२

१८ लाख नगदसहित तीन जना भारतीय नागरिक वीरगंज नाकाबाट पक्राउ



राधेश्याम पटेल

१८ लाख नगदसहित तीन जना भारतीय नागरिक वीरगंज नाकाबाट पक्राउ

वीरगंज : पर्सा प्रहरीले हुन्डी कारोबार गरेको अशंकामा श्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ। भारतको रक्सौलबाट तीन वटा भारतीय नम्बरको मोटरसाइकलमा ६/६ लाख रुपैयाँ लिइ वीरगंज प्रवेश गर्न लागेका तीनै जनालाई पर्सा प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको हो।

पक्राउ पर्नेमा भारतको बिहारस्थित सुगौली बजारका २२ वर्षीय बिक्की कुमार, रक्सौल नागारोडका २६ वर्षीय सुधिर कुमार र सोही स्थानका ३० वर्षीय साहिद अन्सारी रहेको प्रहरीले जनाएको छ। उनीहरुले चढेको बिआर ०५ एस ३७९२, बिआर ०५ बी १४४४ र बिआर ०६ एआर ३७८९ भारतीय नम्बर प्लेटका मोटरसाइकल पनि नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रमुख एसपी सोमेन्द्रसिह राठौरले जानकारी दिए।

रक्सौलबाट वीरगंज आउने क्रममा वीरगंज १६ रजतजयन्ती चोकमा प्रहरीले गरिरहेको चेकजाँचका क्रममा उनीहरु पक्राउ परेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell