PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

केन्द्रीय सदस्यसहित ‘विप्लव’ समूहका १६ कार्यकर्ता पक्राउ



पहिलोपोस्ट

केन्द्रीय सदस्यसहित ‘विप्लव’ समूहका १६ कार्यकर्ता पक्राउ

मार्तडी : नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका केन्द्रीय सदस्यसहित १६ कार्यकर्ता पक्राउ परेका छन्।

गाउँमा चन्दा संकलन तथा संगठन विस्तार गरिरहेको आधारमा गौमुल गाउँपालिका–३ माझपालीबाट आज दिउँसो इलाका प्रहरी कार्यालय घटमुनाको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिं भाटले बताए।     

पक्राउ पर्नेमा रोल्पा गंगादेव गाउँपालिका–३ जिनावाङका समूहका केन्द्रीय सदस्य चुडामणि ओलीसहित १६ जना रहेको प्रहरी उपरीक्षक भाटले जानकारी दिए। पक्राउ परेकाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell