PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

अयोध्या मुद्दामा फैसला आउँदै, हिंसाको त्रासमा यूपीका स्कुल/कलेज सोमबारसम्म बन्द, शान्ति कायम गर्न मोदीको आह्वान



पहिलोपोस्ट

अयोध्या मुद्दामा फैसला आउँदै, हिंसाको त्रासमा यूपीका स्कुल/कलेज सोमबारसम्म बन्द, शान्ति कायम गर्न मोदीको आह्वान

भारतको चर्चित अयोध्या मुद्दामा त्यहाँको सर्वोच्च अदालतले भोलि फैसला दिने भएको छ। शनिवार हुने फैसलाले पार्न सक्ने असरलाई मध्यनजर गर्दै उत्तर प्रदेश सरकारले सोमबारसम्मका लागि स्कुल तथा कलेजहरु बन्द गर्ने घोषणा गरेको छ। साथै उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले कुनै पनि हल्लामा विश्वास नगर्न आग्रह गरेका छन्।

अयोध्यामा मन्दिर – मस्जिदको विवाद लामो समयदेखि रहँदै आएको छ। भारतीय जनता पार्टीले यसलाई आफ्नो प्रमुख चुनावी मुद्दाको रुपमा उठाउँदै आएको पनि थियो। राम जन्मभूमि र बाबरी मस्जिदको विषयलाई लिएर यहाँ हिंसात्मक दंगासमेत पटक पटक फैलिसकेको छ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सर्वोच्च अदालतबाट हुन लागेको फैसलालाई देशले उत्सुकतापूर्वक हेरिरहेको भन्दै ट्विट गरेका छन्। उनले समाजका सबै वर्गबीच सद्भावना कायम राख्न समेत आग्रह गरेका छन्।

अदालतको आदेशपछि पनि सबै मिलेर बस्नुपर्ने बताउँदै मोदीले गरेको ट्विटमा सामाजिक सांस्कृति संठनहरु सौहार्द र सकारात्मक वातावरण बनाउन लाग्नुपर्ने जनाएका छन्।

‘अयोध्याको विषयमा सर्वोच्च अदालतको जे फैसला आए पनि, त्यो कसैको हार या जित हुनेछैन,’ मोदीले भनेका छन्, ‘हामी सबैको प्राथमिकता यो छ कि भारतको शान्ति, एकता र सद्भावनाको महान परम्पराको अझ बलियो बनाऔं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell