PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भारतले गर्‍यो उत्तर प्रदेशसँग जोडिएका नेपालका नाका बन्द, अयोध्या फैसलाअघि योगी आदित्यनाथले लिए निर्णय



पहिलोपोस्ट

भारतले गर्‍यो उत्तर प्रदेशसँग जोडिएका नेपालका नाका बन्द, अयोध्या फैसलाअघि योगी आदित्यनाथले लिए निर्णय

भारतले उत्तर प्रदेशसँग जोडिएको नेपाली नाका बन्द गरेको छ। राम मन्दिर र बाबरी मस्जिदको विषयलाई लिएर लामो समयदेखिको मुद्दामा आज त्यहाँको सर्वोच्च अदालतले फैसला सुनाउँदैछ। सुरक्षा व्यवस्था कडा पार्दै नेपालसँगको सीमा बन्द गरिएको हो। अदालतबाट आउने फैसलाले तनाव हुने स्थितिलाई मध्यनजर गर्दै उत्तर प्रदेश लगायत अन्य प्रभावित प्रदेशमा पाँच जनाभन्दा बढी भेला हुनसमेत रोक लगाइएको छ।

नेपालसँगको नाका बन्द गर्ने विषय भने हिजो राति उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र सुरक्षा निकायको छलफलले टुंगो लगाएको भारतीय मिडियाले जनाएका छन्। सुरक्षा निकायले नेपालसँगको नाका बढी संवेदनशील रहेको जनाउँदै यस्तो निर्णय लिइएको जनाएका छन्।

आज फैसला आउने तय भएसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फैसला कसैको जित र हारको विषय नरहने बताएका थिए। सम्भावित फैसलाले तनाव हुने संकेत उनका लगातारका ट्विटहरुले पनि गरेको छ।

तीर्थ यात्रीहरुको सुरक्षाका लागि पनि विशेष व्यवस्था गरिएको छ। अयोध्याको विषयमा हुने आजको फैसलाले कस्तो अवस्था सिर्जना हुन्छ यसै भन्न सकिने अवस्था छैन।

आज आउँदै फैसला

भारतको चर्चित अयोध्या मुद्दामा त्यहाँको सर्वोच्च अदालतले आज फैसला दिने भएको छ। शनिवार हुने फैसलाले पार्न सक्ने असरलाई मध्यनजर गर्दै उत्तर प्रदेश सरकारले सोमबारसम्मका लागि स्कुल तथा कलेजहरु बन्द गर्ने घोषणा गरेको छ। साथै उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले कुनै पनि हल्लामा विश्वास नगर्न आग्रह गरेका छन्।

अयोध्यामा मन्दिर – मस्जिदको विवाद लामो समयदेखि रहँदै आएको छ। भारतीय जनता पार्टीले यसलाई आफ्नो प्रमुख चुनावी मुद्दाको रुपमा उठाउँदै आएको पनि थियो। राम जन्मभूमि र बाबरी मस्जिदको विषयलाई लिएर यहाँ हिंसात्मक दंगासमेत पटक पटक फैलिसकेको छ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सर्वोच्च अदालतबाट हुन लागेको फैसलालाई देशले उत्सुकतापूर्वक हेरिरहेको भन्दै ट्विट गरेका छन्। उनले समाजका सबै वर्गबीच सद्भावना कायम राख्न समेत आग्रह गरेका छन्।

अदालतको आदेशपछि पनि सबै मिलेर बस्नुपर्ने बताउँदै मोदीले गरेको ट्विटमा सामाजिक सांस्कृति संठनहरु सौहार्द र सकारात्मक वातावरण बनाउन लाग्नुपर्ने जनाएका छन्।

‘अयोध्याको विषयमा सर्वोच्च अदालतको जे फैसला आए पनि, त्यो कसैको हार या जित हुनेछैन,’ मोदीले भनेका छन्, ‘हामी सबैको प्राथमिकता यो छ कि भारतको शान्ति, एकता र सद्भावनाको महान परम्पराको अझ बलियो बनाऔं।’

अयोध्या पर कल सुप्रीम कोर्ट का निर्णय आ रहा है। पिछले कुछ महीनों से सुप्रीम कोर्ट में निरंतर इस विषय पर सुनवाई हो रही थी, पूरा देश उत्सुकता से देख रहा था। इस दौरान समाज के सभी वर्गों की तरफ से सद्भावना का वातावरण बनाए रखने के लिए किए गए प्रयास बहुत सराहनीय हैं।

— Narendra Modi (@narendramodi) November 8, 2019

देश की न्यायपालिका के मान-सम्मान को सर्वोपरि रखते हुए समाज के सभी पक्षों ने, सामाजिक-सांस्कृतिक संगठनों ने, सभी पक्षकारों ने बीते दिनों सौहार्दपूर्ण और सकारात्मक वातावरण बनाने के लिए जो प्रयास किए, वे स्वागत योग्य हैं। कोर्ट के निर्णय के बाद भी हम सबको मिलकर सौहार्द बनाए रखना है।

— Narendra Modi (@narendramodi) November 8, 2019

अयोध्या पर सुप्रीम कोर्ट का जो भी फैसला आएगा, वो किसी की हार-जीत नहीं होगा। देशवासियों से मेरी अपील है कि हम सब की यह प्राथमिकता रहे कि ये फैसला भारत की शांति, एकता और सद्भावना की महान परंपरा को और बल दे।

— Narendra Modi (@narendramodi) November 8, 2019



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell