
काठमाडौ : नेपालमा आयोजना हुन गइरहेको दक्षिण एसियायी खेलकुदका लागि नेपाली महिला टोलीको घोषणा भएको छ। आज नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले अन्तिम २० सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन्।
नेपालले काठमाडौ र पोखरामा डिसेम्बर १ देखि १० सम्म दक्षिण एसियाली खेलकुद आयोजना गर्दै छ। प्रतियोगिता हुनु भन्दा ३ हप्ता अगाडि नै नेपाली टोलीको घोषणा गरिएको हो।
नेपाली टिम
गोलकिपर: एन्जिला तोम्बाफो, एन्जिला राना मगर, उषा नाथ
डिफेन्डर: गीता राना, पुनम जर्घा मगर, अमृता जैसी, हिरा कुमारी भुजेल, कबिता धिमाल, मनमाया लिम्बू, पुजा राना
मिडफिल्डर: रेनुका नगरकोटे, दीपा राई , सरु लिम्बू, इन्दिरा राई , अनिता बस्नेत, मन्जली कुमारी योन्जन, बिमल चौधरी
फर्वाड: सावित्री भन्डारी, निरु थापा, अनिता केसी