PahiloPost

Nov 21, 2019 | ५ मंसिर २०७६

आफ्नै सचिवालयका कर्मचारी र सल्लाहकारलाई प्रधानमन्त्री ओलीको निर्देशन : राजीनामा देउ



पहिलोपोस्ट

आफ्नै सचिवालयका कर्मचारी र सल्लाहकारलाई प्रधानमन्त्री ओलीको निर्देशन : राजीनामा देउ
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयसँग जोडिएका सल्लाहकार र सहयोगीहरुलाई राजीनामा दिन निर्देशन दिएका छन्। सरकारको काम कारवाहीमाथि चर्को आलोचना खेपिरहेका प्रधानमन्त्री ओलीले हिजो सचिवालयमा कार्यरत सबैलाई डाकेर राजीनामा दिन भनेका हुन्।

प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार राजेश बज्राचार्य सचिवालयमा अवैतनिक भएकाले राजीनामा दिनु नपर्ने र बाँकी सबैलाई राजीनामा दिन प्रधानमन्त्री ओलीले निर्देशन दिएका हुन्।

पछिल्लो समय किड्नी डायलसिस गरेर आएपछि प्रधानमन्त्री ओली सक्रिय देखिएका छन्। उनले सचिवालयमा कार्यरतलाई राजीनामा दिनु भन्नुको राजनीतिक अर्थ मन्त्रिपरिषदमा हेरफेर हुँदैछ भन्ने पनि हो।

प्रधानमन्त्री ओलीको सचिवालयमा कार्यरत सल्लाहकार र कर्मचारीको काममाथि नेपाल कम्युनिस्ट पार्टी (ने क पा)कै नेता तथा कार्यकर्ताहरुले चर्को आलोचना गर्दै आएका छन्।

प्रधानमन्त्री ओलीका सल्लाहकार तथा सचिवालयमा कार्यरत कर्मचारीले पार्टीकै नेता कार्यकर्तालाई प्रधानमन्त्रीसँग भेट गर्न नगराएको भन्दै पार्टीभित्रै आलोचना हुँदै आएको थियो।



आफ्नै सचिवालयका कर्मचारी र सल्लाहकारलाई प्रधानमन्त्री ओलीको निर्देशन : राजीनामा देउ को लागी ३ प्रतिक्रिया(हरु)

Super Star [ 2019-11-09 18:52:04 ]
Marne bela ma hariyo kakro....

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Kul Mani Acharya [ 2019-11-09 16:17:22 ]
प्रधान मन्त्री के. पी. शर्मा ओलीको दुई तिहाइको राजनीतिक रुपले शक्तिशाली सरकार प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्ने निर्णय पश्चात बल्ल देखिदै छ / प्रधान मन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयसँग जोडिएका सल्लाहकार र सहयोगीहरुलाई राजीनामा दिन निर्देशन दिएर Bold decision गरेका छन् / यस्तै कडा निर्णय गरेर अगाडी बढ्नुस /

बल्ल सरकार देखिदैंछ /

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Kul Mani Acharya [ 2019-11-09 16:16:34 ]
प्रधान मन्त्री के. पी. शर्मा ओलीको दुई तिहाइको राजनीतिक रुपले शक्तिशाली सरकार प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्ने निर्णय पश्चात बल्ल देखिदै छ / प्रधान मन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयसँग जोडिएका सल्लाहकार र सहयोगीहरुलाई राजीनामा दिन निर्देशन दिएर Bold decision गरेका छन् / यस्तै कडा निर्णय गरेर अगाडी बढ्नुस /

बल्ल सरकार देखिदैंछ /

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

ncell