PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

सीमा विवाद समाधान गर्ने बेला यही हो, हामीले पनि यथेष्ट प्रमाण जुटाउनुपर्छ : बाबुराम



कुञ्जरमणि भट्टराई

सीमा विवाद समाधान गर्ने बेला यही हो, हामीले पनि यथेष्ट प्रमाण जुटाउनुपर्छ : बाबुराम
फाइल फोटो

काठमाडौं: पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भारतसँगको सीमा विवादको समाधान गर्ने समय यही भएको बताएका छन्। भारतले हालै जारी गरेको राजनीतिक नक्सा र बढ्दो तनावबारे छलफल गर्न शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको छलफलमा भाग लिएर निस्कने क्रममा  समाजवादी पार्टी नेपालका संघीय अध्यक्षसमेत रहेका डा भट्टराईले उक्त भनाई राखेका हुन्।

उनले पहिले परराष्ट्रस्तरमा वार्ता भएको र यसले समाधान गर्न नसक्ने देखिएकाले प्रधानमन्त्रीस्तरीय छलफल हुन जरुरी देखिएको आफूले सुझाव दिएको बताए। भट्टराईले भने, 'परराष्ट्र सचिवस्तरीय आयोग पहिलेदेखि दुबै देशमा थियो। यो समस्या दुबैलाई थाह छ। यसका लागि प्रधानमन्त्रीस्तरीय छलफल हुनुपर्छ। राजनीतिक आयोग बनाउनुपर्छ। मैले यही सुझाव दिए।'

भट्टराईले लिपुलेकदेखि अन्य सीमा दाबी गर्न सरकारले यथेष्ट प्रमाण पनि जुटाउनुपर्ने बताए। 'समाधान खोज्ने बेला यही हो। सीमाको यथेष्ट प्रमाण हामीले जुटाउनुपर्छ,' भट्टराईले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell