A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6954fcad659741.80132402): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6954fcad659741.80132402,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

चेल्सीले क्रिस्टल प्यालेसलाई हरायो, आर्सनल लेस्टर सिटीसँग पराजित
PahiloPost

Dec 31, 2025 | १६ पुष २०८२

चेल्सीले क्रिस्टल प्यालेसलाई हरायो, आर्सनल लेस्टर सिटीसँग पराजित



पहिलोपोस्ट

चेल्सीले क्रिस्टल प्यालेसलाई हरायो, आर्सनल लेस्टर सिटीसँग पराजित
तस्बिर: लेस्टर सिटी/चेल्सी/ट्वीटर

इङ्लिस प्रिमियर लिगको गएराति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई हराएको छ। घरेलु टोली चेल्सीले क्रिस्टल प्यालेसलाई २–० ले हराएको हो। चेल्सीको जितमा टामी अब्राहम र क्रिस्टियन पुलिसिचले गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा चेल्सीले खेलको ५२ औं मिनेटमा अब्राहमको गोल मार्फत अग्रता लियो। त्यस्तै ७९ मिनेटमा पुलिसिचले गोल गर्दा चेल्सीले क्रिस्टल प्यालेस माथि २–० को जित हात पार्‍यो।

त्यस्तै गएराति नै भएको अर्को खेलमा आर्सनल लेस्टरसिटीसँग पराजित भएको छ। घरेलु टोली लेस्टर सिटीले आर्सनललाई २–० ले पराजित गरेको हो।

लेस्टर सिटीको जितमा भार्डि र माडिसनले गोल गरे। पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको खेलमा भार्डिले ६८ औं मिनेटमा गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए। त्यसको ७ मिनेट भित्रै माडिसनले गोल गर्दा लेस्टर सिटीले २–० ले जित निकाल्यो।

इपिएलमा लिभरपुल ३१ अंकसहित तालिकाको शीर्षस्थानमा छ। त्यस्तै समान २६ अंक सहित लेस्टर सिटी र चेल्सी क्रमश दोस्रो र तेस्रो स्थानमा छन्। म्याचेस्टर सिटी २५ अंक सहित चौथो स्थानमा छ।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell