PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

एएफसी यू १९ च्याम्पियनसिप : नेपालले आज कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्ने



पहिलोपोस्ट

एएफसी यू १९ च्याम्पियनसिप : नेपालले आज कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं : एएफसी यू-१९ च्याम्पियनसिप क्वालिफायर्समा आज नेपालले कीर्गिस्तानको सामना गर्दैछ। प्रतियोगितामा यस अघि लगातार दुई पराजय भोगिसकेको नेपालले आज कीर्गिस्तानसँग अन्तिम खेलमा सान्त्वना जित निकाल्ने लक्षका साथ खेल्ने छ।

यस अघि नेपाल पहिलो खेलमा युएइसँग र दोस्रो खेलमा इरानसँग समान ४–० गोल अन्तरले पराजित भएको थियो। अर्कोतर्फ पहिलो खेलमा इरानसँग ३–० ले पराजित भएको कीर्गिस्तानले दोस्रो खेलमा युएइले २–० ले हराएको थियो।

नेपाल र कीर्गिस्तान बीचको खेल इरानको तेहरानस्थित पिएएस स्टेडियममा आज साँझ ५ बजे सुरु हुनेछ।

प्रतियोगितामा नेपाल समूह 'डी' मा रहेको छ। समूह 'डी' मा नेपालसहित कीर्गिस्तान, युएइ र इरान रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell