
बंगलादेशको ढाकामा जारी एभिसी सेन्ट्रल जोल वुमन्स भलिबलमा आज नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र अफगानिस्तानबीचको खेल आज दिउँसो पौने १ बजे सुरु हुनेछ।
थाइल्यान्डमा लामो प्रशिक्षण र अभ्यास खेल सकेर नेपाल फर्किएसँगै नेपाली टोली बंगलादेश प्रस्थान गरेको थियो। प्रतियोगितामा नेपाल सहित कीर्गिस्तान, बंगलादेश, माल्दिभ्स र अफगानिस्तान समावेश छन्।
प्रतियोगितामा नेपालले भोली कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै मंगलवार बंगलादेशसँग र बुधवार माल्दिभ्ससँग खेल्नेछ।
नेपाली टोली
अरुणा शाही (कप्तान), प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, अरुणा शाही, जानकी भण्डारी, सोफिया पुन, उषा कुमारी विष्ट, सुनिता खड्का, कमला पुन, रेश्मा भण्डारी, पुनम चन्द, सलिना श्रेष्ठ