PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

व्यवसायी रुपज्योति विरुद्ध पुनः प्रहरीको म्याद थप्ने तयारी, वकिल नराखि आफैं प्रतिरक्षा गर्ने



पहिलोपोस्ट

व्यवसायी रुपज्योति विरुद्ध पुनः प्रहरीको म्याद थप्ने तयारी, वकिल नराखि आफैं प्रतिरक्षा गर्ने

काठमाडौं: ठगी अभियोगमा पक्राउ परेका पूर्वमन्त्री एवम् चर्चित व्यवसायी डाक्टर रुपज्योति प्रकरणमा प्रहरीले पुनः म्याद थप गर्ने तयारी गरेको छ। शुक्रवार जिल्ला अदालतले दिएको तीन दिनको समय आज सकिएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान नसकिएको भन्दै पुन म्याद थप गर्ने तयारी गरेको छ।' अनुसन्धान जारी नै छ। आइतवार अदालतबाट थप म्याद माग्छौं।' परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले भने।

ठगी मुद्दामा पक्राउ परेका व्यवसायी डा. रुपज्योतिले वकिल नराखि आफै प्रतिरक्षा गर्ने भएका छन्। वहश कानुन व्यवसायीले मात्रै गर्न पाउँछन् भने आफ्नो मुद्दाको आफै प्रतिरक्षा गर्न भने पाइन्छ। ‘उहाँले वकिल नराखि आफै प्रतिरक्षा गर्ने हुनुभएको छ’ ज्योति समूहका एक कर्मचारीले भने,’वकिल होइन म आफै सिधै प्रतिरक्षा गर्छु भन्नुभएको छ।’

शुक्रबार अनुसन्धानका लागि म्याद थप गरेपछि काठमाडौं जिल्ला अदालतका न्यायधिश सूर्यनाथ अधिकारीलाई ज्योतिले प्रश्नमाथि प्रश्न राखेका थिए। उनले आफू कुन आरोपमा पक्राउ परेको हो भन्ने प्रश्न राखेका थिए।

‘मैले के गल्ती गरेर समातियो? मेरो अपराध के हो? भर्खरै व्यवसायमा प्रवेश गर्न लागेकी मेरी छोरीको के दोष छ?’

अध्यक्ष रुप ज्योतीलाई बिहिवार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनकी छोरी सुरुची सहित प्रहरीले पक्राउ गरेको थियो। ठगीको मुद्दामा उनलाई प्रहरीले गिरफ्तार गरेको हो। नेपालका ठूला व्यवसायी घरानाको नेतृत्व गर्दै आएका रुप ज्योतिले १ करोड २६ लाख रुपैयाँ ठगी गरेको काठमाडौं जिल्ला अदालतले ठहर गरेको थियो। त्यसैका आधारमा गत वर्षको मंसिर १९ गते उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो।

तर, ज्योति समूहले सर्वच्च अदालतमा रिट दायर गर्दै ठगी गरेको जिल्ला अदालतको फैसलालाई चुनौती दिएका थिए। सर्वोच्च अदालतले उक्त रिट खारेज गरेसँगै प्रहरीलाई ज्योति पक्राउका लागि बाटो खुलेको थियो।

उनीविरुद्ध विजेन्द्र कृष्ण मल्लले रकम भुक्तान गरे पनि जग्गा नदिएको भन्दै मुद्दा दायर गरेका



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell