PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

उपनिर्वाचन : प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदै



पहिलोपोस्ट

उपनिर्वाचन : प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदै

काठमाडौं : उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुको अन्तिम नामावली निर्वाचन आयोगले आज प्रकाशित गर्दैछ। प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि बिहिवार ६५ जनाले उम्मेदवारी दिएका थिए।

प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नम्वर २,  प्रदेशतर्फ भक्तपुरको १ को (क) ,बाग्लुङको २ को (ख) र दाङ ३ को(ख) मा प्रदेशसभा सदस्य पदका लागि उपनिर्वाचन हुँदैछ।

आयोगले मनोनयनमा दर्ता भएका उम्मेदवारको नामावली शनिबार प्रकाशन गरेको छ। आइतबार नै उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारले उम्दवारी फिर्ता लिन पाउनेछन्।

सोमवार उम्मेदवाहरुलाई चुनाव चिन्ह दिइने आयोगको कार्यतालिकामा उल्लेख छ। आयोगले स्थानीतहको उम्मेदवारी दर्ता मिति २७ गतेलाई तोकेको छ। तीनै तह गरी रिक्त ५२ पदका लागि मंसिर १४ गते उपनिर्वाचन हुन लागेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell