PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा तीन घण्टा 'वान अन वान' वार्ता, के भयो कुराकानी?



पहिलोपोस्ट

प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा तीन घण्टा 'वान अन वान' वार्ता, के भयो कुराकानी?
फाइल फोटो

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएको छ। आइतवार प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच 'वान अन वान' भेटवार्ता भएको हो।

बिहिवारमात्र धापासीस्थिति ग्रान्डी इन्टरनेसनल अस्पतालमा डायलासिस गरेर प्रधानमन्त्री निवास बालुवाटरमा आराम गरिरहेका प्रधानमन्त्री भेट्न  प्रचण्ड मध्यान्ह बालुवाटार पुगेका थिए। त्यसलगतै आज दोस्रो पटक प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड बालुवाटर पुगेका हुन्।

करिव तीन घण्टा अध्यक्ष दाहाल बालुवाटारमा बसेका थिए।

पछिल्लो समय प्रधानमन्त्री ओलीले आफ्ना सचिवालय कर्मचारी र मन्त्रिमण्डल प्रति असन्तुष्टि देखाउँदै आएका छन्। शुक्रवारमात्र ओलीले आफ्नो सचिवालयसँग जोडिएका सल्लाहकार र सहयोगीहरुलाई राजीनामा दिन निर्देशन दिएका थिए।

सरकारको काम कारवाहीमाथि चर्को आलोचना खेपिरहेका प्रधानमन्त्री आफ्ना मन्त्रीको काम कारबाही प्रति सन्तुष्ट देखिदैनन्। दुई अध्यक्षबीचमा यही विषयमा छलफल भएको बालुवाटर स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच मन्त्रिमण्डल हेरफेर गर्ने र पार्टी नेतृत्वको विषयमा कुराकानी भएको थियो।

त्यस्तै दुई अध्यक्षबीच देशको समासामायिक विषय र पार्टी नेतृत्वको विषयमा छलफल भएको हो। दुई अध्यक्षबीचमा कुरा मिले चाँडै नै मन्त्रिमण्डल हेरफेर हुनेछ। त्यस्तै पार्टी नेतृत्वको विषयमा समेत छलफल भएको छ। करिव पौन १२ बजे बालुवाटर पुगेका अध्यक्ष तीन बजे बालुवाटरबाट बाहिरिएका थिए।

प्रधानमन्त्री ओलीले शनिवार सरकारी निवास बालुवाटारमा सर्वपक्षीय बैठक बोलाएका थिए। चार घण्टा लामो बैठकमा भारतसँगको सीमा विवाद समाधानका लागि नेपालको कदमबारे छलफल भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell