PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

व्यवसायी रुपज्योति पक्राउको विरोधमा उदाय् समाजले निकाल्यो र्‍याली

व्यवसायी रुपज्योति पक्राउको विरोधमा उदाय् समाजले निकाल्यो र्‍याली

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : व्यवसायी डा रुपज्योतिलाई अन्यायपूर्वक पक्राउ गरिएको भन्दै उदाय् समाजले विरोध प्रदर्शन गरेको छ।

समाजले ज्योतिको रिहाईको माग गर्दै निकालेको विरोध जुलुस असन, रत्नपार्क, त्रिपुरेश्वर हुँदै माइतीघर मण्डलामा पुगेर समापन भएको थियो। नेवारी भाषामा लेखिएको प्लेकार्ड बोकेका समाजका प्रतिनिधीले प्रतिष्ठित उद्योगीको रिहाईको माग गरेका थिए। प्रतिशोध पूर्ण, बद्नियतपूर्ण र व्यक्तिगत रिसिबी साँधिएको आरोप उनीहरुले लगाएका थिए।

सिंगापुरबाट नेपाल फर्किएका ज्योतिलाई बिहिवार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठगी मुद्दामा प्रहरीले पक्राउ गरेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell