PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

सडकमा विद्यार्थीहरुको नारा : भारतीय जाली नक्सा खारेज गर्

सडकमा विद्यार्थीहरुको नारा : भारतीय जाली नक्सा खारेज गर्

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि समावेश गरेको विरोधमा आज विद्यार्थीहरुले पनि विरोध प्रदर्शन गरेका छन्।

विभिन्न विद्यालयबाट उपस्थित विद्यार्थीहरुले आज दिउँसो माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्। उनीहरुले भारतको कदम विरुद्ध नारा घन्काएका थिए। प्रदर्शनमा सहभागीहरुले 'भारतीय जाली नक्सा खारेज गर्', 'सीमा मिच्न पाइदैन', 'सिमानामा नेपाली सेना तैनाथ गर्', 'असमान सन्धी सम्झौता खारेज गर्' जस्ता नारा अंकित पम्पलेट बोकेका थिए।

कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतको नक्सामा समावेश गरिएपछि देशभर नै विरोध प्रदर्शन भइरहेको छ। यस्ता प्रदर्शनमा सत्तारुढ दल ने क पाको भातृ संगठन अनेरास्ववियु, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ तथा तरुण दलका साथसाथै विभिन्न संघ संस्थाहरु रहेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell