PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

वीरगंजमा जलाइयो नरेन्द्र मोदीको पोस्टर, महावाणिज्य दूतावास अगाडि प्रदर्शन



राधेश्याम पटेल

वीरगंजमा जलाइयो नरेन्द्र मोदीको पोस्टर, महावाणिज्य दूतावास अगाडि प्रदर्शन

वीरगंज : वीरगंजमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पोस्टर जलाइएको छ। ने क पा निकट अनेरास्ववियु वीरगंज र देश बनाऊ संघर्ष समिति वीरगंजले मोदीको पोस्टर जलाएको हो।

दुई युवाहरुको संगठनले अपराह्न ४ बजे घण्टाघरबाट जुलुस निकाल्दै जिल्ला प्रहरी कार्यालय अगाडि रहेको भारतीय महावाणिज्य दूतावास पुगेको थियो।

आइतवार दूतावास बन्द रहे तापनि दूतावास अगाडि केही बेर प्रदर्शन गर्दै उनीहरुले भारतीय प्रधानमन्त्री मोदीको पोस्टर जलाएका हुन्। त्यसअघि प्रदर्शनकारीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चपल समेत देखाएका थिए। पोस्टर जलाइरहेको अवस्थामा प्रहरीले हस्तक्षेप गरेको थियो।

भारत सरकारले जारी गरेको नयाँ नक्शामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा राखिएको विरोधमा देशभरि युवाहरुले विरोध प्रदर्शन गरिरहेको छन्। सामाजिक सञ्जालबाट शुरु भएको विरोध अहिले सडकसम्म पुगेको छ।

सरकारले भारतसँग नयाँ नक्शाको सन्दर्भमा सकारात्मक पहल गर्न नसकेको ने क पा निकट अनेरास्ववियुका युवा नेता उमेश गुप्ताले बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell