PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

बी एन्ड आर कप : नेपाल यू १९ क्रिकेट टोलीले थाइल्यान्डको सामना गर्ने



पहिलोपोस्ट

बी एन्ड आर कप : नेपाल यू १९ क्रिकेट टोलीले थाइल्यान्डको सामना गर्ने
तस्बिर: क्यान

चीनमा हुने बी एन्ड आर कपमा नेपाली यू १९ क्रिकेट टोलीले आज थाइल्यान्डको सामना गर्दै छ। चीनको सांघाइमा आजबाट सुरु हुने प्रतियोगितामा डोली भट्टको कप्तानीमा नेपाली टोलीले खेल्नेछ। नेपाल र चीन बीचको खेल आज दिउँसो साढे ११ बजेबाट सुरु हुनेछ।

प्रतियोगितामा नेपालले आज पहिलो खेल थाइल्यान्डसँग खेल्नेछ। त्यस्तै भोली नेपालले २ खेल खेल्नेछ। पहिलो खेलमा साउदी अरेबिया सँग र दोस्रो खेलमा आयोजक चीनसँग खेल्नेछ। त्यस्तै बिहीवार मलेशियासँग तथा शुक्रवार म्यानमारसँग खेल्नेछ।

प्रतियोगितामा आयोजक चीन, नेपाल, थाइल्यान्ड, साउदी अरेबिया, मलेशिया र म्यानमारको सहभागिता रहनेछ।

नेपाली टोली

डोली भट्ट (कप्तान), कविता कुँवर, कृतिका मरासिनी, यसोदा बिष्ट, रुबी पोद्दार, राजमती ऐरी, ईश्वरी बिष्ट, लक्ष्मी साउद, खुशी डंगोल, हेलिसा लामा गुरुङ, ज्योति दनुवार, निगम तामाङ, शिला क्षेत्री, लक्षिता राजवंशी, गोमा आले, पेम लामु शेर्पा, मनिषा मगर, सृष्टि पौडेल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell