PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

एभिसी सेन्ट्रलजोन वुमन्स भलिबल : नेपालले आज कीर्गिस्तानको सामना गर्ने



पहिलोपोस्ट

एभिसी सेन्ट्रलजोन वुमन्स भलिबल : नेपालले आज कीर्गिस्तानको सामना गर्ने

बंगलादेशको ढाकामा जारी एभिसी सेन्ट्रलजोन वुमन्स भलिबलमा आज नेपालले कीर्गिस्तानको सामना गर्दैछ।

पहिलो खेलमा अफगानिस्तानलाई सोझो सेटमा हराएको नेपालले कीर्गिस्तानसँग पनि त्यही आत्मविश्वासका साथ उत्रने छ। हिजो नेपालले अफगानिस्तानलाई २५/४, २५/९ र २५/६ को सेटमा हराएको थियो। यता कीर्गितस्तान भने पहिलो खेलमा माल्दिभ्ससँग पराजित भएको थियो। नेपाल र कीर्गिस्तानबीचको खेल नेपाली समय अनुसार पौने १ बजे सुरु हुनेछ।

थाइल्यान्डमा लामो प्रशिक्षण र अभ्यास खेल सकेर नेपाल फर्किएसँगै नेपाली टोली बंगलादेश प्रस्थान गरेको थियो। प्रतियोगितामा नेपाल सहित कीर्गिस्तान, बंगलादेश, माल्दिभ्स र अफगानिस्तान समावेश छन्।

नेपालले त्यस्तै मंगलवार बंगलादेशसँग र बुधवार माल्दिभ्ससँग खेल्नेछ।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell