PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

नेकपा सचिवालय बैठक : अनुशासन आयोगको नेतृत्वमा अमृत बोहरा, सल्लाहकार कमिटीको अध्यक्ष केशव बडाल



कुञ्जरमणि भट्टराई

नेकपा सचिवालय बैठक : अनुशासन आयोगको नेतृत्वमा अमृत बोहरा, सल्लाहकार कमिटीको अध्यक्ष केशव बडाल

काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले पार्टी एकताको कामलाई टुंगोमा पुर्‍याउन आज पनि केही निर्णय गरेको छ।

बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा पार्टी एकीकरणका कामलाई निष्कर्षमा पुग्ने गरी छलफल भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बैठकले केही समितिको नेतृत्वसमेत टुंगो लगाएको छ।

बैठकले केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहरा र सचिवमा अशोक रोकायालाई जिम्मेवारी दिने निर्णय गरेको छ।

यसै गरी केन्द्रीय निर्वाचन आयोगको अध्यक्ष विष्णुपुकार श्रेष्ठ र सचिवमा माधव पौडेल चयन भएका छन्।

यता सल्लाहकार कमिटिको अध्यक्षको जिम्मेवारी केशव बडालले पाउँदा सचिव नन्दकुमार थापा बनेका छन्।

लेखा परीक्षणको अध्यक्ष पुष्प कँडेल, सचिवमा टेकनाथ आचार्य र जेष्ठ कम्युनिस्ट मञ्चको अध्यक्ष नन्दकुमार प्रसाइ र सचिवमा गोविन्द ज्ञवाली छानिएका छन्।

प्रवास समितिको भने टुंगो लागेको छैन। यस विषयमा थप छलफल हुने बताइएको छ।

बैठकमा मन्त्रिपरिषद् हेरफेरबारे छलफल नभएको प्रवक्ता श्रेष्ठले बताए। यसैगरी सीमा विवादबारे राजदूतसँग कुरा भइसकेकोले थप छलफल नभएको उनले इंगित गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell