PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

६ करोड मूल्य बराबरको कोकिनसहित विमानस्थलबाट विदेशी नागरिक पक्राउ



पहिलोपोस्ट

६ करोड मूल्य बराबरको कोकिनसहित विमानस्थलबाट विदेशी नागरिक पक्राउ
फाइल फोटो।

काठमाडौं : प्रहरीले अन्तराष्ट्रिय त्रिभुवन विमानस्थलबाट लागुऔषध कोकिन सहित एक विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ।

लागुऔषध नियन्त्रण व्युरोको विषेश सुचनाको आधारमा विमानस्थल प्रहरीले दुई किलो कोकिनसहित ब्राजिलियन नागरिकलाई नियन्त्रणमा लिएको व्यूरोका एसएसपी बसन्त लामाले जानकारी दिए।

'हामीले नियन्त्रणमा लिएका हौं। अझै केहि अप्रेसन चलिरहेको छ,' एसएसपी लामाले भने।

ब्राजिलियन ६१ वर्षीय नागरिक साजियो टुलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले बरामद गरेको कोकिनको मूल्य ६ करोडभन्दा बढी हुन आउँछ।

गत भदौमा प्रहरीले विमानस्थलमा  १ किलो ६ सय ग्राम कोकिन सहित आइभेरिकोष्टका ३५ वर्षीय मार्सेल गुलीलाई नियन्त्रणमा लिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell