PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

एभिसी सेन्ट्रलजोन वुमन्स भलिबल: नेपालको लगातार दोस्रो जित



पहिलोपोस्ट

एभिसी सेन्ट्रलजोन वुमन्स भलिबल: नेपालको लगातार दोस्रो जित

बंगलादेशको ढाकामा जारी एभिसी सेन्ट्रलजोन वुमन्स भलिबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ। पहिलो खेलमा आफगानिस्तानलाई हराएको नेपालले आज दोस्रो खेलमा कीर्गिस्तानलाई हराएको हो।

आज भएको खेलमा पनि नेपाल कीर्गस्तानलाई सोझो सेटमा हरायो। नेपालले २५/१५, २५/१९ र २५/२० को सेटमा कीर्गिस्तानलाई पराजित गरेको हो।

हिजो भएको खेलमा नेपालले अफगानिस्तानलाई २५/४, २५/९ र २५/६ को सेटमा हराएको थियो। आज पराजय भोगेसँगै कीर्गितस्तान लगातार २ खेलमा पराजित भएको छ। कीर्गिस्तान यसअघि पहिलो खेलमा माल्दिभ्ससँग पराजित भएको थियो।

प्रतियोगितामा नेपाल सहित कीर्गिस्तान, बंगलादेश, माल्दिभ्स र अफगानिस्तान समावेश छन्।

नेपालले मंगलवार बंगलादेशसँग र बुधवार माल्दिभ्ससँग खेल्नेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell