PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

डा केसीले ‘म ठीकै छु’ भनेपछि उनलाई नलिइ फर्कियो गृहले पठाएको हेलिकप्टर



एम बम

डा केसीले ‘म ठीकै छु’ भनेपछि उनलाई नलिइ फर्कियो गृहले पठाएको हेलिकप्टर
फाइल फोटो।

कैलाली : स्वास्थ्य अवस्था बिग्रदै गएपछि अनसनरत डा गोविन्द केसीलाई लिन काठमाडौंबाट बोलाइएको हेलिकप्टर केसीलाई नलिइ फर्किएको छ। केसीले आफ्नो स्वास्थ्य अवस्था ठिकै रहेको भन्दै नजाने अडान राखेपछि हेलिकप्टर उनीबिना नै फर्किएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए।

‘आज बिहान गृह मन्त्रालयसँग हेलिकप्टर पठाइदिन भनेका थियौँ’, पौडेलले भने, ‘नेपाली सेनाको हेलिकप्टर उहाँलाई लिन भनेर डडेल्धुरा पुगे पनि उहाँको नजाने अडानपछि हेलिकप्टर फर्किएको छ।’

डडेल्धुरा अस्पतालले हिजो एक विज्ञप्ति जारी गरी केसीलाई सुरक्षित ठाउँमा लैजान आग्रह गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell