PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'अघोरी'की नव विवाहिता पुगिन् हिरासत : बिहे गराएर अमेरिकी ग्रिनकार्डको प्रलोभनमा लाखौं ठगीको आरोप



पहिलोपोस्ट

'अघोरी'की नव विवाहिता पुगिन् हिरासत : बिहे गराएर अमेरिकी ग्रिनकार्डको प्रलोभनमा लाखौं ठगीको आरोप

काठमाडौं : सामाजिक सञ्जाल तथा युट्युवमार्फत् चर्चामा आएका एक 'अघोरी बाबा'की नवविवाहित दुलहीलाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ।

महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले विजय केसी भनिने अघोरी बाबाकी हालै बिहे गरेकी पत्नी शारदा पाण्डेलाई सोमबार अनुसन्धानका लागि भन्दै बोलाएको थियो।

पाण्डेले ठगेको भन्दै पीडितले उजुरी गरेपछि नियन्त्रणमा लिइएको वृत्तका डिएसपी रमेश सिंहले जानकारी दिए।

'उहाँमाथि ठगीको आरोप छ। छोड्न मिल्दैन,' डिएसपी सिंहले भने।

केसी 'लाइफ ड्यामेज' बाबाको रुपमा पनि सामाजिक सञ्जालमा परिचित छन्। पछिल्लो समय शारदा पाण्डेसँगको विवाहका कारण पनि चर्चामा छन् उनी। पाण्डेले अमेरिकामा रहेका भनिएका पतिलाई डिभोर्स दिएपछि सुन्दरीजलमा बस्दै आएका अघोरीसँग बिहे गरेका थिए। बिहेपछि पनि उनीहरु युटुवमा छाइरहेका थिए।

श्रीमती पाण्डेले विदेश पठाइदिने भन्दै पैसा लिएर ठगी गरेको पीडितहरुले प्रहरीलाई जानकारी दिएका छन्। चितवनकी एक युवतीलाई आफ्नै पतिसँग विवाह गराएर अमेरिकाको ग्रिन कार्ड दिलाउने भन्दै ठगी गरेको उजुरीमा उल्लेख छ। उनले ती महिलासँग ७५ लाख रुपैयाँ लिएको समेत पीडितले प्रहरीलाई जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell