PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

बिदापछि हाजिर हुन नआएका सेनानी तिवारीको जागिर चैट



रासस

बिदापछि हाजिर हुन नआएका सेनानी तिवारीको जागिर चैट

काठमाडौं : नेपाली सेनाले प्राविधिक सेनानी रामचन्द्र तिवारीलाई कारवाही गरेको छ। दुई वर्ष अवधिको विद्यावारिधी अध्ययन गर्न बेतलबी बिदामा विदेश गएका सेनानी तिवारी अध्ययन पूरा गरेर नआएपछि कारवाहीमा परेका हुन्।

समरी जनरल सैनिक अदालतले प्राविधिक सेनानी तिवारीलाई छ महिना कैद र भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

नेपाली सेनाबाट प्राप्त हुने सेवा सुविधा तथा सहुलियत लिइसकेपछि संस्थालाई आरोप लगाउँदै संगठनको स्वीकृति बेगर थापाथली इञ्जिनीयरिङ क्याम्पसमा काम गरेको सेनाले जनाएको छ।

उक्त कलेजमा प्राध्यापकमा स्थायी नियुक्ति लिई 'भगौडा र अनुशासन तथा आचरणसम्बन्धी कसुर'समेत गरेको आरोपमा अदालतले उनलाई दोषी ठहर गरेको जनाइएको छ। सैनिक सेवाबाट आफूखुशी भगौडा भएका जो कोहीलाई कुनै पनि बखतमा पक्राउ गरी सैनिक ऐनबमोजिम कारवाही गरिने सेनाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell