PahiloPost

Nov 7, 2025 | २२ कात्तिक २०८२

स्विमिङ पुलमा डुबेर धनगढीमा एक बालकको मृत्यु



पहिलोपोस्ट

स्विमिङ पुलमा डुबेर धनगढीमा एक बालकको मृत्यु
प्रतीकात्मक तस्विर

कैलालीः स्विमिङ पुलमा डुबेर धनगढीमा एक बालकको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका ७ क्याम्पस चोकमा पसल गरी बस्ने हिरा रोकायाका २ वर्षीय छोरा सुशान्तको स्विमिङ पुलमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए ।

‘हिजो दिउँसो हराएका सुशान्तको खोजी गर्दै जाँदा बेलुका ५:३० बजे धनगढी उपमहानगरपालिका ८ मा रहेको इशाबेला रेस्टुरेन्ट एन्ड बारको स्विमिङ पुलमा खसेको अवस्थामा भेटिएका हुन्।’बस्नेतले भने।

गम्भीर अवस्थामा फेला परेका उनलाई प्रहरीले सेती प्रादेशिक अस्पतालमा पठाएको थियो । अस्पतालमा नै सुशान्तको मृत्यु भएको हो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell