PahiloPost

Nov 7, 2025 | २२ कात्तिक २०८२

बंगलादेशका राष्ट्रपति हमिद नेपाल आउँदै, यस्तो छ चार दिने भ्रमण तालिका



पहिलोपोस्ट

बंगलादेशका राष्ट्रपति हमिद नेपाल आउँदै, यस्तो छ चार दिने भ्रमण तालिका

काठमाडौंः बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज नेपाल आउँदैछन्। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा हमिद नेपाल आउन लागेका हुन्। हमिदको नेपाल भ्रमण चार दिनको हुनेछ।

भ्रमणका क्रममा उनले राष्ट्रपति भण्डारीसँग बुधबार भेटवार्ता गर्नेछन्। सोही राष्ट्रपतिले हमिद र प्रतिनिधिमण्डलको सम्मानमा साँझ राजकीय भोज आयोजना गर्नेछिन्।

हमिदले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

हमिदले नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा अन्य वरिष्ठ नेताहरु पनि भेट्नेछन्। भ्रमणका अवसरमा उनी पोखरा जाने पनि कार्यतालिका रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell