PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

टिपरबाट खस्दा सहचालकको मृत्यु



पहिलोपोस्ट

टिपरबाट खस्दा सहचालकको मृत्यु
प्रतीकात्मक तस्विर

चितवनः पूर्वी चितवनको भण्डारामा टिपरबाट खस्दा सोमबार साँझ सहचालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दिया गोरुवा गाउँपालिका वडा नं ५ बस्ने २० वर्षीय तीर्थबहादुर थारू रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एकनारायण कोइरालका अनुसार राप्ती नगरपालिका–५ भण्डाराको भित्री सडकमा ना ३ ख ३७७८ नंको टिपरको ढोकाबाट खस्दा गम्भीर घाइते थारूको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो। टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेका छन्। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell