PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

नेविसंघमा विधानअनुसार तदर्थ समिति बनाउन माग, नबनाए सशक्त आन्दोलन गर्ने चेतावनी



रासस

नेविसंघमा विधानअनुसार तदर्थ समिति बनाउन माग, नबनाए सशक्त आन्दोलन गर्ने चेतावनी

काठमाडौं : नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघमा विधानअनुसार तदर्थ समिति बनाउन माग गरिएको छ। नेविसंघले सोमवार यहाँ आयोजना गरेको ‘मातृ पार्टीको प्रवृत्ति र नेविसंघको विधानसम्बन्धी’ अन्तर्क्रियामा विद्यार्थी नेताले विधानको पालना गर्न मातृ पार्टी कांग्रेसलाई आग्रह गरेका हुन्।

नेविसंघका निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारीले कांग्रेसको नर्सरीका रूपमा रहेको नेविसंघको अधिवेशन चाँडो गर्नुपर्ने बताए।

'पार्टी बलियो बनाउन भ्रातृ संस्थाको अधिवेशन चाँडो हुनुपर्छ', उनले भने।

नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले विद्यार्थी नेतृत्वमा ३२ वर्षमुनिकालाई ल्याउन विधानले व्यवस्था गरेकाले विधानअनुसार समिति निर्माण गर्नुपर्ने बताए। विधानअनुसार समिति नआए सशक्त आन्दोलन गर्ने उनको भनाइ थियो। कार्यक्रममा नेविसंघका निवर्तमान पदाधिकारी तथा सदस्यको सहभागिता रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell