A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6995fc1fd08917.26539140): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6995fc1fd08917.26539140,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6995fc1fd0cf54.23328690): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6995fc1fd0cf54.23328690,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

गन्तव्य अमेरिका बनाउँदै हिँडेका चार युवक, यसरी भए मलावीमा पुगेर बन्धक, भन्छन् : कति पैसा फस्यो नसोध्‍नुस है
PahiloPost

Feb 18, 2026 | ६ फागुन २०८२

गन्तव्य अमेरिका बनाउँदै हिँडेका चार युवक, यसरी भए मलावीमा पुगेर बन्धक, भन्छन् : कति पैसा फस्यो नसोध्‍नुस है



सविन ढकाल

गन्तव्य अमेरिका बनाउँदै हिँडेका चार युवक, यसरी भए मलावीमा पुगेर बन्धक, भन्छन् : कति पैसा फस्यो नसोध्‍नुस  है
प्रतीकात्मक फोटो

'घरबाट पैसा झिका, नत्र मार्दिन्छौं।'

बारम्बारको धम्की। चारजना एकै ठाउँमा। दक्षिण पूर्व अफ्रिकाको मुलुक मलावीको ब्लान्टायर शहरको एक घरमा बन्धक बनाइएका उनीहरुसामु धम्की जारी थियो। धन कमाउने र सुखी जीवनको सपनाले अमेरिकासम्मको गन्तव्य बनाएका उनीहरुलाई यस्तो दिन आइलाग्ला भन्ने कल्पनासमेत थिएन।

तर, सोचे जस्तो किन हुन्थ्यो? गुल्मीका २२ वर्षीय सरोज जीसी, २४ वर्षीय निरोज रोकाया, २६ वर्षीय रविन रेग्मी र ३६ वर्षीय नारायण आचार्य ब्लान्टायरमा नाजिर अहमदको घरमा बन्धक बनाइएका थिए।

घर फर्किने भए भारु साढे ३ लाख रुपैयाँ र बसेको प्रतिदिनको २५ डलर। बोलेभिया जाने भए भारु सात लाख रुपैयाँ दावी गर्दै धम्की पाइरहेका थिए उनीहरुले।

उनीहरुलाई बन्धक बनाउनेले मृत्युसँग दिएको विकल्प त्यही पैसा थियो। पैसा दिन नसके किड्नी झिकेर मार्दिने धम्की पनि थपियो विस्तारै। केही स्थानीय युवा उनीहरुलाई थुनिरहेको ठाउँमा छिर्थे अनि भन्थे - मनी मनी। अनि अनुहार ताकेर हिर्काउँथे।

एकघण्टा, ४५ मिनेट, ३० मिनेट भन्दै बन्धक बनाउनेले उनीहरुको 'डेड लाइन' तय गरेर गन्ती थालिसकेका थिए। घटना गएको बिहीवार साँझको हो।

तर, एक्कासी अकल्पनीय रुपमा एउटा घटना घट्यो। फिल्ममा हिरोको इन्ट्री भएर कसैले राखेको टाइमबमको तार काटेजस्तै। टक्क रोकियो - मृत्यु नजिक्याउने गरी तिखो रुपमा बजिरहेको टिकटिक टिकटिक आवाज।

उनीहरुलाई रेस्क्यु गर्न पुगेको थियो मलावी प्रहरी। नेपाल प्रहरीको समन्वयमा चारै जनाको ज्यान त जोगियो तर अमेरिका पुग्ने र कमाउने सपनामा भने लाग्यो पूर्णविराम।

चारै जना सोमबार साँझ मलावीबाट दुवई हुँदै नेपाल आइपुगे। थाकेको शरीर, मरेको सपनासँगै ज्यान जोगिएको खुशीको कोलाजले भरिएको अनुहार। 'बाँचेर आइयो। यति हो सिकेको,' सरोजले सुनाए, 'उहाँ र मलावी प्रहरीले सहयोग नगरेको भए मारिन्थ्यौं।' उनले प्रहरी तिर देखाउँदै भने।

चारै जना थाकेका मात्र होइनन् भोकाएका समेत रहेछन्। 'बिहीवारदेखि केही खाएको छैन, निदाएको पनि छैन,' निरोजले थपे। विमानस्थलबाट बाहिरिएसँगै मम प्लेट उनीहरुसामु आयो। धेरै समयपछि मीठो भोजन त्यो पनि पेट भरि खान पाइरहेका थिए उनीहरु।

एक वर्ष अघि हिँडेर पनि पुग्न नसकेको सपनाको देश

सरोज भर्खर स्नातक तहमा भर्ना भएका थिए। बुबा वैदेशिक रोजगारीमा। गाउँका अधिकांश साथीभाइ विदेशमा। कोही अमेरिका, कोही जापान। कोही केन्या त कोही अरु अफ्रिकी मुलुकतिर। सरोजलाई पनि विदेश जाने र पैसा कमाउने रहरले छपक्कै छोप्यो। त्यसपछि साथी मार्फत् दक्षिण अमेरिकी देश बोलेभिया पठाउने एक भारतीय एजेन्टसँग सम्पर्कमा आए।

'विदेशमा भएका साथीले नै बोलेभिया पठाउँछ, त्यहाँबाट अमेरिका वा ब्राजिल छिर्न सकिन्छ भन्ने थियो,' सरोजले भने।

सरोजसँगै निरोज पनि एउटै समयमा बेलेभिया जाने तर्खरमा थिए। उनी पनि त्यही प्रकृया पूरा गर्दै सपनाको देशको उडानका लागि जुधिरहेका।

सन् २०१७ फेब्रुअरी २ मा काम गर्न दुबई पुगेका प्रविनलाई त्यहाँभन्दा धेरै कमाउने रहर लाग्यो। निरोजको पनि गन्तव्य बन्यो बोलिभिया।

'बोलेभिया जाने। पछि अमेरिका वा अफ्रिका छिर्ने भन्ने थियो। काम के थियो भन्ने मतलब थिएन। पुगेपछि पाइन्छ भन्ने नै थियो,' प्रविनले भने।

झन्डै एक वर्षअघि उनीहरु नेपालबाट थाइल्यान्ड हुँदै भियतनामका लागि उडे। तर, संयोग एउटै जिल्लाबासी भए पनि अपरिचित उनीहरु नेपालबाट भियतनाम पुग्दासम्म 'दोस्त' भइसकेका थिए। अब उनीहरुको देश र जिल्लामात्र होइन, उद्देश्य समेत एउटै भएको थियो।

नेपालबाट उनीहरु भियतनामा पुगे। त्यहाँ पुगेका तीनजनासँग थप एक नेपाली जोडिए, नारायण। संयोग नै मान्नुपर्छ उनी पनि गुल्मीकै रहेछन्। १४ वर्ष वैदेशिक रोजगारीको शिलशिलामा कतार र दुवईमा बसिसकेका अनुभवी। उनी दुवईको राम्रै जागिर छाडेर बोलेभियाको यात्रामा थिए। 'धेरै कमाउने आशाले राम्रो जागिर छोडेको थिएँ,' नारायणले भने।

यी चारै जनाको भारतीय एजेन्टसँग कुराकानी भइरहेको थियो। एजेन्टले उनीहरुलाई भियतनामको एउटा होटेलमा राखेका थिए। एक दिन दुई दिन भन्दै २२ दिन उनीहरुले होटेलमै बिताए। त्यसपछि इथोपिया पुर्‍याइयो उनीहरुलाई। 'एजेन्टका अनुसार नै इथोपिया गएका हौं। होटेलमा पनि राम्रोसित नै राखेको थियो,' उनले भने।

चारै जनालाई इथोपियाको राजधानी अदिसअबाबामा राखियो। त्यहाँ पनि राम्रो होटेल। खानेबस्ने र घुम्ने व्यवस्था पनि थियो। उनीहरुलाई समय बितेको खासै पत्तो भएन। त्यहाँबाट उडाउँछु भन्दा भन्दै ४ महिना बित्यो।

'होटेलको पैसा र खानपिन पनि सबै उसैले हाल्दिएको थियो। त्यहाँ राम्रोसँग बित्यो। फ्रि नै रहियो धेरै,' नारायणले केही महिना अघिको क्षण सम्झँदै सुनाए।

त्यति मात्र होइन, उनीहरुलाई पकेट मनीसमेत दिइन्थ्यो।

चार महिनापछि भने चार जनाको समूह छुट्टियो। तीन जना मेडागास्करतिर लागे। सरोज चाहिँ दुबई। उनीहरुको भिषा सकिएकाले यसो गर्न परेको जानकारी उनीहरुलाई एजेन्टले दिएका थिए। २५ दिनसम्म उनीहरुले होटेलमै बसे।

फेरि त्यहाँबाट उनीहरुलाई जोर्डन लगियो। जोर्डनमा भने पुन: चारै जनाको भेट भयो। त्यहाँ उनीहरुलाई अपार्टमेन्टमा राखिएको थियो। महिनौं बितिसके पनि उनीहरुको आशा मरिसकेको थिएन। बोलेभिया पुग्ने भन्ने नै थियो। 'त्यतिखेरसम्म केही भएन। शंका पनि लागेन। पुगिन्छ नै भन्ने थियो,' नारायणले भने।

३५ दिनपछि फेरि चारै जनालाई दुबई फर्काइयो। एजेन्टले पैसा दिन्थ्यो, अपार्टमेन्टमा उनीहरु आफैँ पकाउँथे र खान्थे। करिब दुई महिना उनीहरु दुवईमै रहे। भिसा सकिएछ, दुवईमा ओभरस्टे देखियो। जरिवाना लागिहाल्यो। सबै तिरे।

त्यसपछि उनीहरुलाई अजरबैजन लगियो। त्यहाँ उनीहरुले १८ दिन बिताए। यतिखेरसम्म पनि कुनै समस्या थिएन। बसे, खाए, घुमे। राम्रै बितेको थियो, समय।

त्यसको १८ दिनपछि उनीहरुलाई मलावी लगियो। 'स्टोरी स्टार्ट फ्रम हेयर नाउ,' अंग्रेजीमा नारायणले सुनाए, 'अहिलेसम्म हामीले इन्जोय गर्दै घुमिरहेका थियौं। दु:ख पाएको यहीँबाट हो।'

उनीहरु मध्ये नारायण उमेरले मात्र होइन व्यवहारिक रुपमा पनि पाका। अंग्रेजी समेत राम्रो बोल्न जान्ने। समूहका लिडर नै भए। 'लिडर भन्दा डर लाग्छ। तँ लिडर भन्दै मैले कुटाइ पनि खाएको छु,' लिडर शब्द जोडिएसँगै उनी हच्किए।

अक्टोबर २ मा उनीहरु मलावी पुगेका थिए। उनीहरुलाई एउटा घरमा राखियो। एजेन्ट एयरपोर्टमा नै पुगेका रहेछन्। पहिलोपटक उनीहरुलाई एजेन्ट रिसिभ गर्न पुगेका थिए। तर यहाँको बसाई अघिल्ला ठाउँहरुभन्दा फरक रह्यो। १५ दिनपछि उनीसँग माग्न थालियो पैसा। कुटपिटको सुरुवात पनि त्यही निहुँमा।

उनीहरुको राहदानी उनीहरुकै नियन्त्रणमा थियो। घरबाट पनि बाहिर निस्किन पाउने कुरै भएन। कुटपिट चाहिँ जारी रह्यो।

कसरी भयो रेस्क्यु?

मलावीको एक घरभित्र बन्धक भएका उनीहरुले घर परिवारसँग पैसा माग्ने बहानमा सम्पर्क गर्न पाए। ह्वाटस्एप मार्फत् परिवारका सदस्यसँग कुराकानी भयो। परिवारका सदस्यले मानव बेचविखन व्यूरोलाई खबर गरे। अनुसन्धानको जिम्मेवारी डिएसपी नरहरि रेग्मीले लिए।

त्यसपछि ह्वाट्स एपबाटै उनीहरुको डिएसपी रेग्मीसँग कुराकानी हुन थाल्यो। यो कुरा एजेन्टलाई भने थाहा थिएन। व्यूरोको टोलीले मलावीको प्रहरीसँग समन्वय गर्‍यो। उनीहरुले बन्धकमा परेको ठाँउको लोकेसन ह्वाट्स एपबाटै पठाए। त्यसैलाई ट्र्याक गरेर स्थानीय प्रहरीले उद्धार गरेको हो।

'परिवारसँग सम्पर्क भएपछि हामीले उद्धारको तयारी गरेका थियौं,' डिएसपी रेग्मीले भने।

अहिले पनि मलावीमा अझै दुई जना नेपाली प्रहरी कै सम्पर्कमा छन्। परिवारले टिकटको पैसा पठाउन नसक्दा उनीहरुलाई उद्धार गर्न सकिएको छैन। त्यस्तै अन्य समुहका अरु पाँच जना बन्धक परेको जानकारी नेपाल प्रहरीले पाएको छ। उनीहरुको उद्धारको प्रयास भइरहेकव प्रहरीले जानकारी दिएको छ।

चार जना मध्ये नारायणले अझै विदेश जान हार मानेका छैनन्।

'केही दिनमा नै फेरि दुवई जान्छु। दुबईमा राम्रो थियो त्यही काम गर्छु,' नारायणले भने,'जिवित फर्किएँ। ऋण त तिरौला नि।

अन्य तीन जना भने निराश भएर फर्किएका छन्। तर, यी चारै जनाको स्वरमा एउटा चाहिँ समानता छ। उनीहरु सबै भन्छन् - कति पैसा फस्यो चाहिँ नसोध्नुस् है।

(सोमवार नेपाल फर्किएका युवाहरुको नाम परिवर्तित हो। प्रहरीले उनीहरुलाई विदेशमा बन्धक बनाउने दलालको खोजी जारी राखेकाले उसको पहिचान लुकाइएको हो।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell