काठमाडौं: बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चार दिने नेपाल भ्रमणका लागि काठमाडौं उत्रिएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हमिदलाई नेपाली समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी छिन्।
भ्रमणका क्रममा भक्तपुर र पोखरामासमेत पुग्ने राष्ट्रपति हमिद होटल मेरियटमा रहनेछन्।