PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

कांग्रेसले भन्यो : सीमा विवादको 'बल प्रधानमन्त्रीको खुट्टामा', गोविन्द केसीसँग वार्ता गर



पहिलोपोस्ट

कांग्रेसले भन्यो : सीमा विवादको 'बल प्रधानमन्त्रीको खुट्टामा', गोविन्द केसीसँग वार्ता गर
फाइल फोटो।

काठमाडौं : नेपाली कांग्रेसले अनशनरत डा गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले चाँडो वार्ता टोली गठन गर्नुपर्ने माग गरेको छ।

आज कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उक्त माग गरेका हुन्।

पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले भने, 'डा केसीको अवस्था प्रतिकुल बन्दै गएको छ। अनशन थालेको ९ दिनमा लागेको छ। सरकारले चाँडो वार्ता टोली गठन गरी जायज माग पुरा गरोस्। उहाँको ज्यानको रक्षा होस्।' 

मेडिकल क्षेत्रको व्यापक सुधारको माग गर्दै डा केसीले डडेल्धुरा पुगेर अनसन थालेका हुन्। 

त्यसैगरी प्रवक्ता शर्माले निर्वाचनमा सत्तारुढ दलले आचारसंहितामा रहेर स्वस्थ प्रतिस्पर्धा गर्न समेत आग्रह गरेको छ।

कांग्रेसले भारतले जारी गरेको नक्सामा नेपालको अभिभाज्य भूमि समाहित गरेकोमा विरोध समेत गरेको छ। सीमा विवाद सल्ट्याउने जिम्मा अब प्रधानन्त्री केपी शर्मा ओलीको काँधमा रहेको शर्माले बताए।

पत्रकार सम्मेलनमा शर्माले भने, 'लिपुलेक, कालापानी, लिम्पियाधुरा हाम्रै भएको धारणा पार्टीका सभापति शेरबहादुर देउवाले सर्वदलीय बैठकमा प्रस्तुत गरिसक्नुभएको छ। अब बल प्रधानमन्त्रीको खुट्टामा छ। सबै पार्टीले बल पास दिइसकेको छ। हामी सतर्कतापूर्वक हेरिरहेका छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell