PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

डीआर उपाध्यायले दोस्रोपटक गरे एकसाथ ७ गीति एल्बम रिलिज



पहिलोपोस्ट

डीआर उपाध्यायले दोस्रोपटक गरे एकसाथ ७ गीति एल्बम रिलिज

काठमाडौं : गीतकार डीआर उपाध्यायले एकसाथ ७ गीति एल्बम सार्वजनिक गरिएका छन्। सोमवार रुसी सांस्कृतिक केन्द्रमा कार्यक्रम गरी एल्बमहरु लोकार्पण गरिएको हो। शताब्दी पुरुष सत्यमोहन जोशी, गायिका ज्ञानु राणा, हाँस्य कलाकार बसुन्धरा भुसाललगायतले एल्बमहरु सार्वजनिक गरे।

एल्बम ‘अन्जान तिर्खा’, ‘सुधारस’, 'स्वर्गघर', ‘नजरको तीर’, ‘सेभेन्थ कड्स’, ‘सौभाग्यको सिन्दुर’ र ‘अनुभुतिको मझेरीमा’ सार्वजनिक भएका हुन्। गीतकार डिआरको एक उपन्यास ‘सपनाकी रानी’ र ८ उपन्यासहरु एकै पुस्तकमा सेटेर समेत विमोचन गरियो।

त्यस्तै शताब्दी पुरुष सत्यमोहन जोशीलाई ५१ हजार नगद सहि ‘जन्मसताब्दी अभिनन्दन २०७६’ द्वारा सम्मान गरियो। जोशीसँगै राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई ५१ हजार नगदसहित ‘शतवार्षीकी अभिनन्दन २०७६’ सम्मान उनकै निवासमा पुर्‍याएको आयोजकले जानकारी दिएको छ। कार्यक्रममा बसुन्धरा भुसाल र गायिका ज्ञानु राणासमेत सम्मानित भएका थिए।  

२०७५ साल मंसिरमा पनि एकैचोटी ७ गीति एल्बम सार्वजनिक गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell