PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

'वातावरणीय स्वच्छताका लागि' कलाकारको सडक दौड



पहिलोपोस्ट

'वातावरणीय स्वच्छताका लागि' कलाकारको सडक दौड

काठमाडौं : वातावरण स्वच्छताका लागि नारा लिएर कलाकारहरु सडकमा दौडने भएका छन्। नेपाल चलचित्र कलाकार संघ र कान्ति सांस्कृतिक केन्द्रको आयोजनामा चेतनामुलक दौड प्रतियोगिता आयोजना हुन लागेको हो। आयोजक नेपाल चलचित्र कलाकार संघले उक्त प्रतियोगिताले आम मानिसमा वातावरण स्वच्छताको संदेश प्रवाह गर्ने र आउँदो भ्रमण वर्षको प्रचारमा पनि मद्दत पुग्ने विज्ञप्तिमा जनाएको छ।

उक्त प्रतियोगितामा अभिनय, गायन, मोडलिङलगायत कला क्षेत्रमा सक्रियहरुले सहभागिता जनाउन पाउने छन्। बालुवाटार प्रहरी तालिम केन्द्रबाट शुरु हुने दौड लाजिम्पाट पुगी पुन: सुरुवाती विन्दुमा पुगेर टुंगिने बताइएको छ। तीन किलोमिटर लामो दौडमा पहिलो, दोस्रो र तेस्रो हुने प्रतियोगीले नगद पुरस्कारसँगै प्रमाण पत्र पाउने छन्। दौड कात्तिक ३० गते बिहान हुँदैछ।

नेपाल चलचित्र कलाकार संघ स्थापनाको ३२ वर्ष चलिरहँदा संघ विभिन्न कार्यक्रमहरुमा सक्रिय रहन थालेको छ। सोही कार्यक्रम अन्तर्गत दौड पनि आयोजना गरिएको हो। पुरस्कार वितरण कार्यक्रममा भने कलाकारहरुलाई सम्मान र सांगीतिक प्रस्तुतिहरु पनि रहने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell