PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

भारतले सीमा मिचेको कुराले स्तब्ध भएको भन्दै डा केसीले गरे अनशन स्थगित



पहिलोपोस्ट

भारतले सीमा मिचेको कुराले स्तब्ध भएको भन्दै डा केसीले गरे अनशन स्थगित
फाइल फोटो।

डडेलधुरा : चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग गर्दै १७औँ फटक अनशन बसेका डा गोविन्द केसीले अनशन स्थगित गरेका छन्। डा केसीले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै तत्कालका लागि अनशन स्थगित गरेको जानकारी दिएका हुन्।

भारतले नयाँ नक्सामा नेपालको पश्चिमी भूभाग समेटेको समाचारले आफू स्तब्ध भएको बताउँदै उनले अनशन स्थगित गरेको बताएका छन्। 

‘सीमा रक्षा राष्ट्रियताको पहिलो शर्त हो। सबल र आत्मसम्मानपूर्ण राज्यका लागि सीमा रक्षा मात्रै काफी चाहिँ छैन। आम नागरिकको जीविका सहज हुने, गुणस्तरीय शिक्षा र स्वास्थ्य उपलब्ध हुने तथा बिनाभेदभाव र बिनाभय सबै नागरिक बाँच्न पाउने अवस्थामा मात्र राष्ट्रियता बलियो हुन सक्छ,’ डा केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

नेपालको सीमा मिचिएको विषयमा राजनीतिक शक्तिहरुबीच देखिएको अभूतपूर्व तदारुकता देखावटी मात्र नभई कुटनीतिक माध्यमबाट मिचिएको भूमि फिर्ता गर्नमा केन्द्रित होस् भन्ने आफ्नो चाहना रहेको उनले बताएका छन्। तर राज्यले गर्नैपर्ने बाँकी काम र जिम्मेवारीबाट उन्मुक्ति भने नपाउने उनको भनाइ छ। चिकित्सा शिक्षा क्षेत्रमा भएको १० अर्ब ठगीका अभियुक्तलाई न्यायको कठघरामा ल्याउने जिम्मेवारीबाट सरकार कसै गरे पनि तर्कन नसक्ने उनले जनाए।

डा केसीले स्वास्थ्य र चिकित्सा शिक्षा सुधार तथा सुशासनका लागि आफूहरुको लडाइँ जारी रहने तथा सरकारले माग पूरा नगरेको खण्डमा पुनः आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी समेत दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell