PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मुकुन भुसाल फिल्म ‘अन्तरे’मा अनुबन्धित



पहिलोपोस्ट

मुकुन भुसाल फिल्म ‘अन्तरे’मा अनुबन्धित

काठमाडौं : फिल्म 'बुलबुल'मार्फत चोपेन्द्रको पहिचान बनाएका कलाकार मुकुन भुसाल नयाँ फिल्मका लागि अनुबन्धित भएका छन्। फिल्म 'अन्तरे'का लागि उनले मंगलवार युनिटसँग सम्झौता गरेका हुन्।

अन्तरेलाई सत्यराज चौलागाईंले निर्देशन गर्दैछन्। बुलबुलपछि नयाँ प्रोजेक्टमा नदेखिएका मुकुनले आफूलाई कथा र युनिट दुबै चित्त बुझेका कारण फिल्म गर्न लागेको बताए।

भुसालले भने, 'चोपेन्द्रलाई दर्शकले गर्नु भएको माया जोगाइ राख्न धेरै स्क्रिप्ट पढें। अन्तत: मैले चाहेको भूमिका पाएर अन्तरे बन्न तयार भएँ।'

रेड आइज फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा राज पण्डित र सुबास राईले लगानी गर्दैछन्। फागुनको पहिलो सातादेखि छायांकनका लागि फ्लोरमा उत्रने निर्माता राज पण्डितले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell