PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

कार्यालय सहयोगीलाई निर्घात कुटपिट गरेको आरोपमा वडाध्यक्ष हौजाली पक्राउ



रासस

कार्यालय सहयोगीलाई निर्घात कुटपिट गरेको आरोपमा वडाध्यक्ष हौजाली पक्राउ
प्रतीकात्मक तस्विर।

घोडाघोडी : कैलालीको मोहन्याल गाउँपालिका–५ का वडाध्यक्ष छविलाल हौजाली पक्राउ परेका छन्।

कार्यालय सहयोगी तुलसरा सिजालीलाई निर्घात कुटपिट गरेको आरोपमा वडाध्यक्ष हौजाली पक्राउ परेका हुन्।  पीडित महिलाले वडाध्यक्ष हौजालीले आफूमाथि निर्घात कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय सुखडमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिशशरण भट्टले जानकारी दिए।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रमुख भट्टले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell