PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

बैंकका कर्मचारीलाई लुट्न गोली फायर



राधेश्याम पटेल

बैंकका कर्मचारीलाई लुट्न गोली फायर

वीरगंज : बारामा बैंकका एक जना कर्मचारी लुटिएका छन्। बाराको प्रसौनीस्थित निर्धन उत्थान बैंकका कर्मचारी जीवन खड्का लुटिएका हुन्।

खड्का फेटा गाउँपालिका–२ जगतपुर टोलमा रकम संकलन गर्न गएका बेला लुटिएको बारा प्रहरीले जनाएको छ। भारतीय नम्बरको मोटरसाइकलमा आएका दुई जनाले गोली फायर गर्दै खड्काको साथमा रहेको ६ लाख रुपैयाँ लुटेर फरार भएको प्रहरीले जनाएको छ।

लुटेराहरुले एक राउण्ड गोली फायरिङ गरेर खड्काको साथमा रहेको रकम लुटेर भारततर्फ भागेको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले बताए। लुटेराले गोली चलाए पनि मानवीय क्षति भने नभएको उनको भनाइ छ।

लुटेराको खोजीका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको बारा प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell