PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

बंगलादेशका राष्ट्रपति उच्चस्तरीय भेटवार्तामा



पहिलोपोस्ट

बंगलादेशका राष्ट्रपति उच्चस्तरीय भेटवार्तामा

काठमाडौंः नेपालको चार दिने भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्दैछन्। अपराह्न ४३० बजेपछि राष्ट्रपति भवनमा भेटवार्ता हुनेछ।

राष्ट्रपतिले भण्डारीले आजै हमिद र प्रतिनिधिमण्डलको सम्मानमा साँझ राजकीय भोज आयोजना गरेकी छन्।

चार दिने भ्रमणमा रहेका हमिदले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

हमिदले नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा अन्य वरिष्ठ नेताहरु पनि भेट्नेछन्। हमिद बिहीबार पोखरा जाने पनि कार्यतालिका रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell