PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सीमा समस्या समाधान गर्न सरकारका लागि यही उत्तम समय : वरिष्ठ नेता पौडेल



पहिलोपोस्ट

सीमा समस्या समाधान गर्न सरकारका लागि यही उत्तम समय : वरिष्ठ नेता पौडेल

बारा : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यो सरकारलाई सीमा समस्या समाधानका लागि यो नै सबैभन्दा उत्तम समय भएको बताएका छन्।

बाराको निजगढमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा पौडेलले स्थिर सरकार भएको बेला प्रतिपक्षकोसमेत साथ पाएको हुनाले समस्या समाधान गर्न सवैभन्दा उत्तम समय भएको बताएका हुन्।

पौडेलले भने, 'सीमाको समस्या धेरै पहिलेदेखि हो। तर यो पटक हामी चुक्न हुँदैन। हामीले प्रधानमन्त्रीलाई भनेका छौँ। तपाईँले कूटनीतिक पहल गरेर समाधान गर्नु जरुरी छ। दक्षिणतिर मात्र होइन नेपालको उत्तरी भागमा पनि सीमा विवाद छन्। आफ्नो देशको सीमा सुरक्षाका लागि हामी एक छौ। प्रधानमन्त्रीको गफ मात्रै हो कि काम पनि हो। हामीले हेर्ने बेला आएको छ।’

वरिष्ठ नेता पौडेलले कांग्रेसलाई अब नयाँ शिराबाट अगाडि बढाउन जरुरी रहेको बताउदै त्यसका लागि छिट्टै महाधिवेशन कार्यतालिका तय बनाएर अगाडि बढ्नुको विकल्प नभएको स्पष्ट पारे। पौडेलले भने,‘कार्यकर्ताको न्याय निष्पक्ष र पारदर्शी मुल्याङकन आवश्यक छ। दुई महिनामा गर्नुपर्ने काम अब महाधिवेशनको तयारी थाल्नुपर्ने बेलामा गरेर काम छैन। अब जालझेलको राजनीतिले पार्टी टिक्न सक्दैन। यो पक्ष उ पक्ष होइन पार्टीलाई ठूलो मिसनमा अगाडि बढाउन अब कांग्रेसको कार्यकर्ता भएर काम गर्नुपर्ने बेला आएको छ। अहिलेको उपनिर्वाचनले हाम्रो जनमतको नमूना देखाउछ।’

कांग्रेस वरिष्ठ नेता पौडेलले निजगढ विमानस्थल र फाष्ट ट्रयाकलाई सरकारले गति दिन नसकेको भन्दै आपत्तिसमेत जनाए। उनले विमानस्थल बनाउनेक्रम आवश्यक मात्र रुख कटान गर्नुपर्ने पनि बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell