PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

मिर्गौला किनबेचको आरोप लागेका निदान अस्पतालका सिइओसहित पाँच जना पुर्पक्षका लागि थुनामा



पहिलोपोस्ट

मिर्गौला किनबेचको आरोप लागेका निदान अस्पतालका सिइओसहित पाँच जना पुर्पक्षका लागि थुनामा

काठमाडौं: मिर्गौला किनबेच आरोपमा मुद्दा चलाइएका निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिइओ)सहित पाँच जनालाई जिल्ला अदालतले पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ।

जिल्ला अदालत ललितपुरले मंगलबार आरोपितलाई थुनामै राखेर मुद्दाको प्रक्रिया अघि बढाउन आदेश दिएको हो। 

मिर्गौला किनबेचको अभियोगमा प्रहरीले रामेछाप दोरम्बा घर भएका शंकरलाल लामा, काठमाडौंका विपेन्द्र प्रधान, सप्तरी कन्चनपुर नगरपालिका घर भएका कुमुदकुमार भट्टराई, डाक्टर राजेश पन्त र रामचन्द्र आलेलाई गत असोज२९ गते  नियन्त्रणमा लिएको थियो। विपेन्द्र अस्पतालका सिइओ हुन्। राजेश पन्त अस्पतालका चिकित्सक हुन्।

उनीहरुले नक्कली भान्जा नाता पर्ने मानिसलाई नक्कली कागजपत्र बनाएर मिर्गौला झिकेको प्रहरीको अनुसन्धानमा देखिएको थियो। अनुसन्धानपछि प्रहरीले मानव अंगको कारोबार कसुरमा मुद्दा चलाएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell