PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

माछा मार्दा करेन्ट लागेर एकको मृत्यु



रासस

माछा मार्दा करेन्ट लागेर एकको मृत्यु

परासी : पश्चिम नवलपरासीमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ भने एक युवक घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको बर्दघाट नगरपालिका-१४ की १८ वर्षीया रीङ्कला विकको माछा मार्ने क्रममा करेन्ट लागेर मंगलवार मृत्यु भएको हो। घरबाट बिजुलीको तार लगाएर स्थानीय खजुराखोलामा माछा मार्ने क्रममा एक्कासी उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

करेन्ट लागेर सोही ठाउँका २६ वर्षीय शंकर विक घाइते भएका छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell