PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

होटेल ल्यान्डमार्क बलात्कार प्रकरण : प्रेमीलाई पाँच बर्ष, अन्यलाई एक वर्ष कैद सजाय



पहिलोपोस्ट

होटेल ल्यान्डमार्क बलात्कार प्रकरण : प्रेमीलाई पाँच बर्ष, अन्यलाई एक वर्ष कैद सजाय

काठमाडौं : जिल्ला अदालत काठमाडौंले दुई वर्षअघि दरबारमार्ग स्थित होटेल ल्यान्डमार्कमा भएको बलात्कार घटनाका मुख्य आरोपी सहित अन्य दुई जनालाई कैद सजाय सुनाइएको छ।

युवतीका प्रेमी भनिएका २२ वर्षीय शैलेस कार्कीलाई पाँच वर्ष २ महिना जेल सजाय र ७ लाख रुपैयाँ जरिवाना सुनाएको छ। जिल्ला अदालत काठमाडौंका न्यायधिश कमलप्रसाद पोखरेलको इजलासले विकास गौतम र दिपक श्रेष्ठलाई १४ महिना कैद सजाय सुनाएको छ।

२०७४ माघ ७ मा काठमाडौंको होटेल ल्याण्डमार्कमा एक युवतीलाई तीन जना युवाले सामुहिक बलात्कार गरेपछि युवती उजुरी दिन दरबारमार्ग बृत्त पुगेकी थिइन्। तर, बृत्तले उजुरी दर्ता नै नगरी घटना आर्थिक लेनदेनमा मिलाएको घटना बाहिरिएपछि चर्चामा आएको थियो।

घटनालाई आर्थिक लेनदेनमा मिलाएको आरोपमा महानगरीय प्रहरी बृत्त दरबारमार्गका डिएसपी तिलक भारती र इन्स्पेक्टर लक्ष्मणसिंह ठकुरीसमेत कारबाहीमा परेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell