PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

दुई महिनाअघि मलेसिया गएका एक नेपालीको मृत्यु



रासस

दुई महिनाअघि मलेसिया गएका एक नेपालीको मृत्यु

बेझाड : वैदेशिक रोजगारीका क्रममा मलसिया पुगेको दुई महिनामै पाल्पा निस्दी गाउँपालिका–६ अर्चलेका यमबहादुर बयम्बुको मृत्यु भएको छ।

अन्दाजी ४२ वर्षीय बयम्बुको यही कात्तिक २६ गते साँझ मलेसियामा मृत्यु भएको उनका आफन्त होम राई मगरले जानकारी दिए। काठमाडौंस्थित रिजा ओभरसिसमार्फत मलेसियाको जेराई सेक्युरिटी सर्भिसेस कम्पनीमा काम गर्न बयम्बु दुई महिना अघिमात्रै त्यहाँ पुगेका थिए।

मलेसिया पुगेदेखि नै बिरामी बयम्बुको उपचारमा म्यानपावर र कम्पनीले समयमा नै चासो नदेखाउँदा ज्यान गएको मृतककी बहिनी कान्तिसरा बयम्बुले बताइन्। बयम्बुको उपचारका लागि परिवारबाट एक लाख २० हजार रुपैयाँ रकम पठाएको तर समयमा नै म्यानपावर र कम्पनीले उपचारमा ध्यान नदिएको कान्तिसराले गुनासो गरिन्।

काठमाडौंको रिजा ओभरसिसकी सञ्चालक पुनम श्रेष्ठले आफूले उपचारका लागि पहल गरे पनि सम्भव नभएको बताइन्। पारिवारको लालनपालन, घरायसी गुजारा चलाउन रोजगारका निम्ति बयम्बु मलेसिया पुगेका थिए। उनको परिवारमा बुबाआमा, श्रीमती, दुई छोरा र एक छोरी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell