PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

टेम्पोमा छुटेको १ लाख रुपैयाँ सिसी क्यामराको सहयोगले पर्‍यो फेला



पहिलोपोस्ट

टेम्पोमा छुटेको १ लाख रुपैयाँ सिसी क्यामराको सहयोगले पर्‍यो फेला

काठमाडौं : प्रहरीले सिटी सफारी (टेम्पो)मा छुटेको १ लाख रुपैयाँ फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाएको छ।  इलाम जिल्ला माई नगरपालिका वडा नम्बर ५ बस्ने ५० वर्षीय अनुप बहादुर बस्नेतको मंगलवार दिउँसो झापाको विर्तामोड आउने क्रममा १ लाख रुपैयाँ टेम्पोमा छुटेको थियो।

पैसा र महत्वपूर्ण कागजपत्र छुटेको बस्नेतले इलाका प्रहरी कार्यालय विर्तामोटमा जानकारी गराएपछि प्रहरीले खोजी गरेको थियो। प्रहरी टोलीले खोजी गर्दा सिसी क्यमराको सहयोगले पैसा टेम्पोमा भेटाएर जिम्मा लगाएको कार्यालयका प्रमुख डिएसपी मोहनकुमार थापाले जानकारी दिए।

'पैसा टेम्पोमा लुकाएको अवस्थामा फेला पारेका थियौं,' डिएसपी थापाले भने।

प्रहरीले सिसी क्यामराको सहयोगमा बस्नेत चढेको  मे १ ह ६४७७ नम्बरको सिटी सफारी पत्ता लगाएको थियो। सोही नम्बरको टेम्पो खोजि गरि खानतलासी गर्दा टेम्पोको सिट मुनी लुकाइरहेको अवस्थामा फेला पारेको डिएसपी थापाले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell