PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

उपनिर्वाचन : वडाध्यक्ष पदका लागि पाँच जनाको उम्मेद्वारी, दिवंगत वडाध्यक्षका छोरा पनि उम्मेद्वार



राधेश्याम पटेल

उपनिर्वाचन : वडाध्यक्ष पदका लागि पाँच जनाको उम्मेद्वारी, दिवंगत वडाध्यक्षका छोरा पनि उम्मेद्वार

वीरगंज : पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ५ को उपनिर्वाचनमा वडाध्यक्ष पदको लागि पाँच जनाको उम्मेद्वारी परेको छ। वडाध्यक्ष वृजमोहन राय यादवको डेढ वर्ष अघि हृदयघातबाट मृत्यु भएसँगै रिक्त रहेको पदका लागि ५ जनाले मनोनयन दर्ता गराएका हुन्।

वडाध्यक्ष पदका लागि राप्रपाबाट सदरी महरा, नेपाली कांग्रेसका तर्फबाट अशेशरप्रसाद यादव, समाजवादी पार्टीका तर्फबाट रुपलाल कुमार यादव, ने क पाबाट उदयशंकर प्रसाद रौनियार तथा स्वतन्त्रबाट गोपालसाह कानुको उम्मेद्वारी परेको छ। समाजवादी पार्टीबाट उम्मेद्वारी दिने रुपलाल कुमार यादव मृत्यु भएका वडाध्यक्षका छोरा हुन्।

निर्वाचन अधिकृत कृष्ण ढुंगेलका अनुसार अगामी मंसिर १४ गते हुने उपनिर्वाचनको लागि २८ गते दाबी विरोध, २९ गते मनोनयन जाँचबुझ र नामावली प्रकाशित, ३० गते उम्मेद्वारी फिर्ता लिने र अन्तिम नामावली प्रकाशित गर्ने, मंसिर १ गते चुनाव चिन्ह वितरण गर्ने कार्यक्रम रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell