PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

फलामको रड बोकेको ट्रक पल्टिँदा दुई जनाको मृत्यु



रासस

फलामको रड बोकेको ट्रक पल्टिँदा दुई जनाको मृत्यु

परासी : पश्चिम नवलपरासीको दाउन्ने उकालोमा आज भएको ट्रक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। वीरगंजबाट भैरहवातर्फ आउँदै गरेको ना ४ ख ४५०४ नमब्बरको फलामको रड बोकेको ट्रक पूर्व–पश्चिम राजमार्गको बर्दघाट–४ स्थित दाउन्नेमा बिहान दुर्घटनामा परेको हो।

ट्रक सडकबाट करीब २५ मिटर तल खसेको थियो। पल्टिएको ट्रकले च्याप्दा सोही ट्रकका धनी सुनवल नगरपालिका–१३ बस्ने २५ वर्षीय बलबहादुर सार्की र सवारी चालक सोही ठाउँ बस्ने २९ वर्षीय नरबहादुर गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। सडकबाट तल खोल्सोमा खसेको ट्रकलाई क्रेनको सहायताबाट निकालिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell