PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

उपनिर्वाचन: ४८ पदका लागि २८१ जनाको उम्मेद्वारी



पहिलोपोस्ट

उपनिर्वाचन: ४८ पदका लागि २८१ जनाको उम्मेद्वारी

काठमाडौं: उपनिर्वाचनका लागि स्थानीय तहमा २८१ जनाले उम्मेद्वारी दर्ता गराएका छन्। निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार उपनिर्वाचन हुने ४८ पदका लागि २८१ जनाले उम्मेदवारी दिएका हुन्।

निर्वाचन आयोगले आज ३५ जिल्लाका रिक्त ४४ स्थानीय तहमा ४८ पदका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम राखेको थियो। मंसिर १४ गते उपमहानगरपालिकाको प्रमुख–१, गाउँपालिकाका अध्यक्ष–३, गाउँपालिकाका उपाध्यक्ष–१ र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष–४३ का लागि निर्वाचन हुन लागेको हो। जसका लागि राजनीतिक दलका २१७ जना र ६४ स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका हुन्। 

मनोनयपत्र दर्ता गर्ने महिला उम्मेदवारको संख्या २६ रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell