
चितवनः बोलेरोको ठक्करबाट आज बिहान चितवनमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा भरतपुर महानगपालिका ६ का ३० वर्षीय रोशन सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा १० च ४४१३ नम्बरको बोलेरोले विपरीत दिशाबाट आउँदै गरेको बा ६६ प २९६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट घाइते सापकोटाको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो।
मोटरसाइकललाई ठक्कर दिने बोलेरो र चालक प्रहरी नियन्त्रणमा छन्। दुर्घटना बिहान २ः३० बजे इच्छाकामना गाउँपालिका ६ जलवीरेमा भएको हो। रासस