PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

अनशन तोडेका डा. केसी धनगढीस्थित सेती अस्पताल भर्ना



पहिलोपोस्ट

अनशन तोडेका डा. केसी धनगढीस्थित सेती अस्पताल भर्ना

कैलालीः डडेलधुराबाट आफ्नो १७औँ अनशन स्थगित गरेर डा. गोविन्द केसी धनगढी आइपुगेका छन्। धनगढी पुगेर स्वास्थ्य परीक्षणका लागि सेती प्रादेशिक अस्पताल पुगेका डा. केसी अस्पताल भर्ना भएका छन्।

सेती प्रादेशिक अस्पतालका डा. नीराजन दत्त शर्मा पौडेलले केसीको स्वास्थ्य परीक्षण गरेका थिए। स्वास्थ्यमा गम्भीर समस्या नभए पनि अनशनका कारण थकान र केही समस्या देखिएकाले अस्पताल भर्ना हुन केसीलाई सुझाइएपछि भर्ना भएका हुन्।

सीमा अतिक्रमणले स्तब्ध बनाएको भन्दै आफ्नो १७ औँ अनसनलाई केसीले ९ औँ दिनमा स्थगित गरेर केसी बुधबार बेलुका ७:३० बजे धनगढी आइपुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell